काठमाडौं । माउण्टेन इनर्जीले साधारणसभा बोलाएको छ । कात्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
कम्पनीले पुस ८ गते अम्रपाली वैंक्वेट भाटभटेनी काठमाडौंमा बिहान १० बजे बस्नेगरि सभा बोलाएको छ । कम्पनीले सभा प्रयोजनको लागि मंसिर २७ गते शेयरधनी किताब खाता बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ ।
आगामि साधारणसभामा कम्पनी शेयरधाीहरुलाई १०.५२६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । त्यस्तै, वार्षिक प्रतिवेदन र लेखा परीक्षण प्रतिवेदन पारित गर्ने तथा २०७९र८० को लागि लेखा परिक्षकको नियुक्ती गर्ने एजेन्डा राखिएको छ ।