काठमाडौं । लाभांश पारितको लागि नेपाल इन्भेष्मेण्ट बैंकको बोलायो बार्षिक साधारणसभा बोलाएका छ । बैंकले पुस ७ गते ३६ औँ वार्षिक साधारण सभा बोलाएको हो ।
सो सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित गरी ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर २१ गतेदेखि साधारण सभा सम्पन्न नभएसम्म शेयर दाखिल खारेज (बुकक्लोज) गर्ने भएको छ। यस अनुसार मंसिर २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।