काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले लाभांश घोषणा गरेको छ । बुधवार बसेको सञ्चालक समितिको बैंठकले सो निर्णय गरेके हो ।
बैंकले आर्थिक वर्ष २०७८र७९ को नाफाबाट चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
सो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरि यस कम्पनीको आगामी साधारणसभाले पारित गरे पश्चात वितरण गरिनेछ ।