images
images

एनएमबि बैंकसहित ३ कम्पनीले गरे लाभांश घोषणा, कसको कति


  • 556
    SHARES
  • २०७९ मंसिर २० गते मंगलबार

    एनएमबि बैंकसहित ३ कम्पनीले गरे लाभांश घोषणा, कसको कति

    काठमाडौं । एनएमबि बैंकसहित ३ कम्पनीले लाभांश घोषणा गरेका छन् । यसरी लाभांश घोषण गर्ने कम्पनीमा एनएमबि बैंक, आरएमडीसी लघुवित्त र साना किसान विकास लघुवित्त रहेका छन् ।  ३ वटै कम्पनीको सोमवार बसेको सञ्चालक समितिको बैंठकले सो निर्णय गरेका हुन् । 

    बैंकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको कर प्रयोजनका लागि समेत ८.२५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

    त्यस्तै, आरएमडीसी लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको २६ बोनु शेयर र कर प्रयोजनका लागि १.३६८४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

    साना किसान विकास लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको २६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.३६८४२१०५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

    ३ वटै कम्पनीको सो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरि यस कम्पनीको आगामी साधारणसभाले पारित गरे पश्चात वितरण गरिनेछ । 

     

     


    images

    Logo