काठमाडौं । सामलिङ पावर कम्पनीले लगानीकर्ताको हात खाली बनाएको छ । बुधवार बसेको सञ्चालक समितिको बैंठकले सो निर्णय गरेको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट लगानीकर्तालाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ । वित्तीय विवरयामा कम्पनी घाटामा रहेको हुँदा हाल कुनै पनि बोनश शेयर र नगद लाभांश वितरणको प्रस्ताव नगरेको कम्पनीले जनाएको छ ।
साथै, कम्पनीको सञ्चालक समितिको बैठकले पुस २१ गते विहीबारका साधारणसभा गर्ने निर्णय गरेको छ ।