काठमाडौं । एनआरएन इन्फ्रस्टक्चर डेभलपमेन्ट कम्पनीले साधारणसभा बोलाएको छ । शुक्रवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले पुस २० गते अम्रपाली बैंक्वेट, काठमाडौंमा बिहान ११ बजे विद्युतीय माध्यमबाट एकसाथ बस्नेगरि साधारणसधा बोलाएको छ । सो सभामा बैंकले प्रस्ताव गरेको ५.२६ प्रतिशत कर प्रयोजनका लागि समेत नगद लाभांश पारित गर्नेछ ।
साथै, सो सभामा लेखापरीक्षण नियुक्त गर्ने, लेखापरिक्षण समिति लगायत अन्य पदाधिकारीको बैठक भत्ता निर्धारण गर्ने लगायतका एजेण्डा रहेको छ ।
साधारणसभा प्रयोजनका लागि बैंकले पुस ५ गते शेयरधनी किताब खाता (बुक क्लोज) गर्ने निर्णय गरेको छ ।