काठमाडौं । सरकारले राजनीतिक कारणबाट जेलजीवन काटिरहेकालाई छुटाउन अध्यादेश ल्याएको छ । आइतवार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
बैठकले राजनीतिक कारणले थुनामा रहेका, शान्ति प्रक्रियामा आउन चाहने तथा आउने प्रतिबद्धता गरेकाहरूको मुद्दा फिर्ता लिन पाउने गरी कानुन संशोधन गर्ने निर्णय गरेको छ ।
यो निर्णयबाट जेलमा रहेका रेशम चौधरीसहित विप्लव समूहका कार्यकर्तासमेत सजायबाट मुक्त हुने भएका छन् ।