काठमाडौं ।प्राइम लाइफ इन्स्योरेन्सले साधारणसभा बोलाएको छ । कम्पनीको मंगलवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले पुस २४ गते दिनको २ बजे बजे अग्रवाल भवन कमलपोखरी काठमाडौंमा बस्नेगरी साधारणसभा बोलाएको छ ।
उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरेको हालको चुक्ता पूँजीको १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका ०.६८४२ प्रशतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।
साथै गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग मर्जरको एमओयू स्वीकृत गर्ने, डीडीए गर्न लेखापरिक्षकको नियुक्ती गर्ने लगायतका एजेण्डा कम्पनीले राखेको छ ।