images
images

बैंकहरुले चैतदेखि नयाँ स्प्रेडदर लागू गर्नुपर्ने, यस्तो छ राष्ट्र बैंकको ८ निर्देशन


  • 449
    SHARES
  • २०७९ मंसिर २८ गते बुधबार

    बैंकहरुले चैतदेखि नयाँ स्प्रेडदर लागू गर्नुपर्ने, यस्तो छ राष्ट्र बैंकको ८ निर्देशन

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि नयाँ निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले बुधबार परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाको लागि नयाँ निर्देशन जारी गरेको हो । 

    राष्ट्र बैंकले जारी गरेको निर्देशनमा चैत्र महिनाबाट औसत ब्याजदर अन्तर “क” वर्गका वाणिज्य बैंकहरुको हकमा ४.२ प्रतिशत र “ख” र “ग” वर्गका संस्थाको हकमा ४.८ प्रतिशत भन्दाबढी नहुने व्यवस्था गर्नु पर्नेछ । सो अन्तर २०८० असार महिनाबाट “क” वर्गका वाणिज्य बैंकहरुको हकमा ४.० प्रतिशत र “ख” र “ग” वर्गका संस्थाको हकमा ४.६ प्रतिशत भन्दाबढी नहुने व्यवस्था गरेको छ । 

    कृषि, लघु, घरेलु तथा साना उद्यम/व्यवसाय, उर्जा र पर्यटन क्षेत्रमा २०८३ असार मसान्तसम्ममा ख वर्गका वित्तीय संस्थाले कुल कर्जा तथा सापटको न्यूनतम २० प्रतिशत र ग वर्गका वित्तीय संस्थाले न्यूनतम १५ प्रतिशत कर्जा प्रवाह गर्नु पर्ने पनि राष्ट्र बैंकले जनाएको छ । 

    त्यस्तै, त्यस्तै कृषि क्षेत्रसँग सम्बन्धित पब्लिक लिमिटेड कम्पनीहरुले जारी गरेको ऋणपत्रमा बैंक तथा वित्तीय संस्थाले गरेको लगानीलाई कृषि क्षेत्रमा लगानी गर्नुपर्ने गरी तोकिएको सीमामा गणना गर्न पाइने पनि राष्ट्र बैंकले जनाएको छ । 

    साथै, तोकिएका क्षेत्रमा प्रवाह गरिने कर्जा गणना गर्दा ६ महिना अघिको जम्मा बक्यौता कर्जा तथा सापटको आधारमा २०८० पुस मसान्तदेखि गणना शुरु गरी त्यसपछिको प्रत्येक त्रयमासमा गणना गर्ने ब्यबस्था गरिएको छ । 

    यस्तो छ राष्ट्र बैंकको ८ निर्देशन

    nrb.png

    nr.png


    images

    Logo