काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्टले लाभांश घोषणा गरेको छ । बिहीवार बिहान बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७८र८९ को नाफाबाट चुक्त पूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३ नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । सो लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपश्चात वितरण गरिनेछ ।
कम्पनीले पुस २६ गते साधारणसभा गर्ने जनाएको छ । साे सभा प्रयाेजनका लागि कम्पनीले सभा प्रयोजनको लागि पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।