काठमाडौं । चन्द्रगिरि हिल्सले साधारणसभा बोलाएको छ । बुधवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले पुस २१ गते चन्द्रगिरि हिल्सको कार्यालय थानकोटमा दिउँसो ११ बजे बस्नेगरि सो सभा बोलाएको छ । सो कम्पनीले यो वर्ष पनि लगानीकर्ताको हात रितै बनाएको छ । यस वर्ष यो कम्पनीले शेयरधनीलाई कुनै लाभांश नलिने भएको छ ।
उक्त सभामा लेखापरीक्षण कार्यका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको परिश्रमिक निर्धारण गर्ने, संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने लगायतका एजेण्डा रहेको छ ।
सो सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।