images
images

संसदीय दलमा देउवाविरुद्ध भिड्ने शेखरको तयारी, के गर्लान् गगन ?


  • 447
    SHARES
  • २०७९ पौष १ गते शुक्रबार

    संसदीय दलमा देउवाविरुद्ध भिड्ने शेखरको तयारी, के गर्लान् गगन ?

    काठमाडौं । नेपाली काँग्रेसको संसदीय दलमा सभापति शेरबहादुर देउवाविरुद्ध शेखर कोइरालाले उम्मेदवारी दिने तयारी गरेका छन् । पार्टी महामन्त्री गगन थापाले चुनाव लड्ने बताइरहँदा कोइरालाले आफैं उम्मेदवार बन्ने तयारी अघि बढाएका हुन् । 

    कोइरालालई संसदीय दलको नेतामा उम्मेदवारी दिन सबैबाट सुझाव आएसँगै उनले तयारी थालेको कोइरालानिकट सांसद डिगबहादुर लिम्बुले जानकारी दिए । 

    ८९ जना सदस्य भएको काँग्रेसको संसदीय दलमा सभापति देउवा पक्षधरको प्रष्ट बहुमत छ । देउवासँगको प्रतिस्पर्धामा पराजित हुने निश्चितजस्तै देखिए पनि आगामी नेतृत्व को भन्ने स्थापित गर्न संस्थापनइतर पक्षमा उम्मेदवार बन्ने आकांक्षी बढेको हो । 

    अहिले गगन थापालाई समर्थन गर्दा पुरानो पुस्ता स्वतः पछि पर्ने देखिएपछि शेखर आफैं संसदीय दलमा उठ्न लागेका हुन् । यद्यपि गगन भने आफू संसदीय दलमा उम्मेदवार बन्ने भनेरै चुनाव लडेको भन्दै पछि हट्न नसक्न बताउँदै आएका छन् । 

    निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणाम बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएसँगै नयाँ सरकार गठन तथा संसद अधिवेशन आह्वानको बाटो खुलेको छ । योसँगै संघ तथा प्रदेमा सरकार गठनका लागि गृहकार्य सुरु भएको छ । 


    images

    Logo