काठमाडौं । मञ्जुश्री फाइनान्सले लगानीकर्ताको हात खाली बनाएको छ । शुक्रवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको छ । कम्पनीले वितरणयोग्य मुनाफालाई संचितिमा राख्ने भएसँगै शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।