images
images

फ्रान्सले दुई मिनेटमा दुई गाेल गरेपछि खेल अतिरिक्त समयतर्फ


  • 479
    SHARES
  • २०७९ पौष ३ गते आइतबार

    फ्रान्सले दुई मिनेटमा दुई गाेल गरेपछि खेल अतिरिक्त समयतर्फ

    काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ को फाइनल खेलकाे दोश्रो हाफमा फ्रान्सले दुई मिनेटमा दुई गाेल गर्दा ९० मिनेटको खेल २-२ गाेलकाे बरावरीमा टुंगिएको छ । निर्धारित समयमा खेल बराबरी भएपछि थप ३० मिनट थपिएकाे छ ।

    खेलकाे ८० औं मिनटमा पेनाल्टीबाट गाेल गरेका एम्बापेले दुई मिनेटमै अर्को गाेल गरेपछि खेल बरावरी भएकाे हाे ।

    यसअघि पहिलाे हाफमा अर्जेन्टिनाले २-० गाेलकाे अग्रता लिएको थियाे ।  मेसीकाे गोलबाट २३ औं मिनटमा अग्रता लिएको  अर्जेन्टिनाले ३४ औं मिनटमा थप गाेल गर्दै २-० गाेलकाे अग्रता लिएको थियाे ।
     
    अर्जेन्टिनाका डिमारियाले
    खेलकाे ३४ मिनटमा गाेल गर्दै अर्जेन्टिनाकाे अग्रता दोब्बर पारेका थिए । अर्जेन्टिनाले खेलकाे शुरूदेखिनै फ्रान्सलाई दवावमा राखेकाे थियाे ।

    तर दोश्रो हाफमा दुई गाेल गरेपछि जारी प्रतियोगितामा एम्वापेकाे गाेल संख्या ७ पुगेकाे छ । उनी प्रतियोगिताकै सबैभन्दा बढी गाेलगर्ने खेलाडी समेत बनेका छन् ।

    यसअघि मेसीले फाइनलमा गाेल गरेसंगै जारी विश्वकपमा गाेल संख्या ६ पुगेको थियाे । विश्वकपमा २६ औ खेल खेलिरहेका मेसीले याे प्रतियोगितामा  छ गाेल गरिसकेका छन् ।


    images

    Logo