images
images

लुम्बिनी विकास बैंकले बोलायो साधारणसभा


  • 475
    SHARES
  • २०७९ पौष ५ गते मंगलबार

    लुम्बिनी विकास बैंकले बोलायो साधारणसभा

    काठमाडौं । लुम्बिनी विकास बैंकले साधारणसभा बोलाएको छ । सोमवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    बैंकले पुस २६ गते अमृत भोग कालिकास्थान काठमाडौंमा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको छ । सो सभाले बैंकले प्रस्ताव गरेको ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । 

    त्यस्तै, सो सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र अन्य विकास बैंक वा कुनै बैंक तथा वित्तीय संस्थासँग प्राप्ति सम्बन्धी आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतको एजेण्डा राखेको छ । 

    सो सभा प्रयोजनका लागि बैंकले पुस १३ गते बैंकले बुक क्लोज गर्ने निर्णय गरेको छ । 


    images

    Logo