images
images

४ महिनामा बाणिज्य बैंकले कमाए २५ अर्ब ३२ करोड नाफा, कुन बैंकको कति ?


  • 754
    SHARES
  • २०७९ पौष ५ गते मंगलबार

    ४ महिनामा बाणिज्य बैंकले कमाए २५ अर्ब ३२ करोड नाफा, कुन बैंकको कति ?

    काठमाडौं । ४ महिनाको अवधिमा वाणिज्य बैंकहरुले २५ अर्ब बढी नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार आर्थिक वर्ष २०७९/८० को ४ महिनामा २६ वाणिज्य बैंकहरुले कुल २५ अर्ब ३२ करोड ३० लाख नाफा कमाएका हुन् । 

     यो नाफा अघिल्लो महिनासम्ममा वाणिज्य बैंकहरुले कमाएको नाफाभन्दा ३५ प्रतिशत बढी हो । अघिल्लो महिनामा यस्तो नाफा १८ अर्ब ७५ करोड ७० लाख रुपैयाँ थियो । 

    नेपाल राष्ट्र बैंकका अनुसार यो अवधिमा नाफा कमाउनेमध्ये सबैभन्दा शीर्ष स्थानमा नबिल बैंक रहेको छ । बैंकले यो अवधिमा २ अर्ब ३५ करोड ७९ लाख नाफा कमाएको तथ्यांकमा उल्लेख छ । त्यस्तै दोस्रो स्थानमा एनआईसी एसिया बैंक रहेको छ जसको नाफा २ अर्ब २२ करोड ७८ लाख रुपैयाँ रहेको छ । 

    यो अवधिमा सबैभन्दा कम नाफा कमाउने बैंकमा कृषि विकास बैंक र सनराइज बैंक रहेका छन् । ती बैंकहरुको नाफा ३१ करोड ८५ लाख र ३७ करोड ६१ लाख रुपैयाँ रहेको छ । 

    कुन बैंकको नाफा कति ?

    नबिल बैंक : २ अर्ब ३५ ७९ लाख
    एनआईसी एशिया : २ अर्ब २२ करोड ७८ लाख
    ग्लोबल आइएमई बैंक : १ अर्ब ७५ करोड ४९ लाख 
    नेपाल इन्भेष्टमेन्ट बैंक : १ अर्ब ५२ करोड ६२ लाख 
    एनएमबि बैंक : १ अर्ब ३० करोड ८४ लाख 
    कुमारी बैंक : १ अर्ब २५ करोड ७७ लाख 
    प्राइम कमर्सियल बैंक : १ अर्ब २५ करोड ५१ लाख 
    एभरेष्ट बैंक : १ अर्ब १५ करोड १४ लाख 
    स्टयाण्डर्ड चार्टर्ड बैंक : १ अर्ब ८ करोड ३९ लाख
    नेपाल बैंक : ९५ करोड ९४ लाख 
    राष्ट्रिय वाणिज्य बैंक : ९२ करोड ६८ लाख
    हिमालयन बैंक :  ८३ करोड ५१ लाख
    नेपाल एसबिआई बैंक : ८२ करोड ७८ लाख
    सानिमा बैंक : ७८ करोड ७४ लाख
    प्रभु बैंक : ७८ करोड ४३ लाख
    मेगा बैंक : ७६ करोड ९२ लाख 
    एनसीसी बैंक : ७२ करोड ६७ लाख
    सिटिजन्स बैंक : ७० करोड ४९ लाख 
    सिद्धार्थ बैंक : ६७ करोड ४१ लाख 
    लक्ष्मी बैंक : ६५ करोड ६८ लाख 
    माछापुच्छ्रे बैंक : ५९ करोड ५८ लाख 
    सिभिल बैंक : ५६ करोड ९ लाख 
    बैंक अफ काठमाण्डू : ४५ करोड ३२ लाख
    सेञ्चुरी बैंक : ४४ करोड ७ लाख 
    सनराइज बैंक : ३७ करोड ६१ लाख 
    कृषि विकास बैंक : ३१ करोड ८५ लाख 


    images

    Logo