काठमाडौं । सिद्धार्थ बैंकले साधारणसभा बोलाएको छ । मंगलवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
बैंकले पुस २८ गते आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौँमा बिहान ११ बजे बस्नेगरि सो सभा बोलाएको छ । उक्त सभाले बैंकले प्रस्ताव गरेको चुक्ता पूँजीको १२.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ०.६६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।
साथै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर वा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
सो सभा प्रयोजनका लागि बैंकले पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ पुस १२ गतेसम्म कायम शेयरधनीले मात्र बैंकले प्रस्ताव गरेको लाभांश लिन र सो साधारणसभामा सहभागी हुन पाउनेछन् ।


