काठमाडौं । नेरुडे लघुवित्तले लाभांश घोषणा गरेको छ । बिहीवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको २२ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १.१५७९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
सो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिई कम्पनीको आगामी साधरण सभाबाट पारित भएपश्चात वितरण गरिने छ ।