images
images

एनआईसी एशिया बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?


  • 391
    SHARES
  • २०७९ पौष ७ गते बिहीबार

    एनआईसी एशिया बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं ।  एनआईसी एशिया बैंकले साधारणसभा बोलाएको छ । बुधवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    बैंकले पुस २९ गते काठमाडौँको तिलगंगामा रहको होटेल आनन्द प्रालिमा बिहान ९ बजे बस्नेगरि सो सभा बोलाएको छ । बैंकले साधारणसभा प्रयोजनको लागि पुस १८ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । यस बर्ष बैंकले लाभांश प्रस्ताव गरेको छैन ।

    बैंकको पुस ५ गते बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष २०७८/७९ को मुनाफाबाट बैंकले कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको थियो ।
     


    images

    Logo