images
images

राष्ट्रिय वाणिज्य बैंकले कति दियो लाभांश ?


  • 375
    SHARES
  • २०७९ पौष ७ गते बिहीबार

    राष्ट्रिय वाणिज्य बैंकले कति दियो लाभांश ?

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले लाभांश घोषणा गरेको छ । बुधवार बसेको बैठकले सो निर्णय गरेको हो । 

    बैंकले आर्थिक वर्ष २०७८/७९ को नाफबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत ७.५० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

    साथै, बैंकले पुस २८ गते दर्बारमार्ग स्थित बैंकको सभाहलमा दिउँसो २ बजे बस्नेगरि साधारणसभा बोलाएको छ । सो सभाले बैंकले प्रस्ताव गरेको लाभांश पारित गर्ने, नेपाल सरकारबाट यस बैंकको शेयर पुँजीमा लगानी बापत प्राप्त रकम एक अर्ब बैंंकको जारी पुँजी र चुक्ता पुँजीमा थप गर्ने प्रस्ताव पारित गर्ने लगाएतका एजेण्डा पारित गर्नेछ । 

    सो सभा प्रयोजनका लागि बैंकले पुस १८ बुक क्लोज गर्ने निर्णय गरेको छ । 


    images

    Logo