काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांशलाई संशोधन गर्दै नगद लाभांशको सट्टामा बोनस शेयर दिने भएको छ । नेपाल बीमा प्राधिकरणले नगद लाभांशको सट्टा बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश वितरण गर्न सुझाव दिएपछि कम्पनीले लाभांश संशोधन गरेको हो ।
कम्पनी संञ्चालक समितिको कार्तिक २९ गते बसेको बैठकले ९.४७३७ प्रतिशत नगद (कर सहित) प्रस्ताव गरी आर्थिक वर्ष २०७८/७९ वित्तीय विवरण स्वीकृतीको लागि बीमा प्राधिकरण पठाएको थियो ।
तर प्राधिकरणले नगद लाभांशको सट्टा बोनस शेयर र कर प्रयोजनको लागि वितरण गर्ने भन्ने सशर्त सहित वित्तीय विवरण स्वीकृत गरेको कम्पनीले जनाएको छ । त्यस अनुसार कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
कम्पनीले पुस २९ गते नेपाल पर्यटन बोर्डको सभाकक्ष, भृकुटी मण्डप काठमाडौंमा बिहान ११ बजे बस्नेगरि सो सभा बोलाएको छ ।सो सभा प्रयोजनका लागि बैंकले पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ पुस १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।


