काठमाडौं । प्रिमियर इन्स्योरेन्सक यस अघि प्रस्तावित लाभांश संशोधन भएको छ । कम्पनीले बीमा प्रधिकरणको निर्देशन अनुसार यस अघिप्रस्ताव गरेको लाभांश संशोधन गरेको हो ।
कम्पनीले यस अघि ५ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।
प्रधिकरणको निर्देशन अनुसार कम्पनीले अब १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
सो लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपश्चात वितरण गरिनेछ ।