काठमाडौं । शिवम् सिमेन्टले बुक क्लोजको मिति तय गरेको छ । साधारणसभा तथा घोषित लाभांश वितरण प्रयोजनको लागि सो कम्पनीले पुस २० गते बुक क्लोजको मिति तय गरेको हो ।
जस अनुसार पुस १९ गतेसम्म कायम रहने शेयरधनी साधारणसभामा सहभागी हुन र प्रस्तावित बोनस शेयर र नगद लाभांश प्राप्त गर्न योग्य हुनेछन् । कम्पनीले पुस २९ गतेका लागि साधारणसभा बोलाएको छ ।
यसअघि सो कम्पनीले आर्थिक वर्ष २०७८र८९ को नाफाबाट चुक्त पूँजीको १०.५३ प्रतिशत कर सहित नगद लाभांश वितरणको घोषणा गरिसकेको छ ।