काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । बुधवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले गत वर्षको नाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत बनेनस शेयर र कर प्रयोजनका लागि समेत ०.३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
सो लाभांश नेपाल बीमा प्रधिकरणले स्वीकृति दिई कम्पनीको आगामी साधरण सभाबाट पारित भएपश्चात वितरण गरिने छ ।