काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले साधारणसभा बोलाएको छ । आइतवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले माघ ९ गते, होटल लि हिमालय, लाजिम्पाट, काठमाडौँमा बिहान ११ बजे बस्ने गरि सो सभा बोलाएको छ । उक्त सभाले चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०।३१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, यसका साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका एजेण्डा सभामा रहेको छ ।
उक्त सभा प्रयोजनका लागि कम्पनीले पुस २७ गतेदेखि माघ ६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ ।