images
images

आइएमई जनरल इन्स्योरेन्सको लाभांश संशोधन, घट्यो बोनस


  • 389
    SHARES
  • २०७९ पौष १८ गते सोमबार

    आइएमई जनरल इन्स्योरेन्सको लाभांश संशोधन, घट्यो बोनस

    काठमाडाैं । आइएमई जनरल इन्स्योरेन्सको यस अघि प्रस्तावित लाभांश संशोधन भएको छ । कम्पनीले बीमा प्रधिकरणको निर्देशन अनुसार यस अघिप्रस्ताव गरेको लाभांश संशोधन गरेको हो ।

    प्रधिकरणको निर्देशन अनुसार कम्पनीले अब ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

    कम्पनीले यस अघि  ६.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।

    संशोधित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपश्चात वितरण गरिनेछ । 


    images

    Logo