काठमाडौं । नेको इन्स्योरेन्सले साधारणसभा बोलाएको छ । बिहीवार बसेको सञ्चालक समितिको बैंठकले सो निर्णय गरेको हो ।
कम्पनीले माघ १५ गते लिसारा रिसेप्सन नक्साल, काठमाडौंमा बिहान ११ बजे बस्नेगरि साधारणसभा बोलाएको छ । सो सभाले कम्पनीले प्रस्ताव गरेको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
साथै, कम्पनीको अधिकृत पुँजी वृद्धि गर्ने, शेयर संरचभना अनुसार प्रतिनिधित्व चयन गर्ने लगायतका एजेण्डा रहेको छ । सो सभा प्रयोजनका लागि कम्पनीले माघ ३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।