काडमाडौं । आँधिखोला लघुवित्तले साधारणसभा बोलाएको छ । बिहीवार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले माघ १३ गते होटल गाउँवेशी, वालिङ स्याङ्जामा बिहान ११ः३० बजे बस्नेगरि सो सभा बोलाएको छ । उक्त सभाले कम्पनीले प्रस्ताव गरेको ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
साथै, सभामा उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जानका लागि आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतको एजेण्डा रहेको छ ।
उक्त सभा प्रयोजनका लागि कम्पनीले माघ ३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ ।