काठमाडौं । २ कम्पनीले पुस महिनामा साधारणसभा गर्ने नसक्ने भएका छन् । पुसभित्र सभा गर्न नसक्ने कम्पनीमा धौलागिरी लघुवित्त र राष्ट्र उत्थान लघुवित्त रहेका छन् ।
यी २ वटै कम्पनीले आर्थिक वर्षको वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकमा पेश भइ स्वीकृतिको अवस्थामा रहेकाले पुस मसान्तभित्र साधारण सभा गर्न नसकिने जानकारी गराएको छ । तसर्थ, साधारणसभा अब २ वटै कम्पनीले चैत मसान्तभित्र सम्पन्न गरिसक्ने पनि जनाएका छन् ।