काठमाडौं । महिला लघुवित्तले साधारणसभा बोलाएको छ । शुक्रवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले फाुगुन २१ गते आगन्तुक रिसोर्ट भ्युटार मार्ग धुलिखेलमा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको छ । सो सभाले कम्पनीले प्रस्ताव गरेको ४७.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २.५० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।
साथै, अन्य लघुवित्तसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने मुख्य एजेण्डा राखेको छ ।
सो सभा प्रयोजनका लागि कम्पनीले फागुन ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।