images
images

फर्स्ट सिटिजन्स बैंकले किन्यो सिलिकन भ्याली बैंकको सम्पत्ति


  • 356
    SHARES
  • २०७९ चैत्र १३ गते सोमबार

    फर्स्ट सिटिजन्स बैंकले किन्यो सिलिकन भ्याली बैंकको सम्पत्ति

    काठमाडौं । सिलिकन भ्याली बैंकको सम्पूर्ण निक्षेप र ऋण फर्स्ट सिटिजन्स बैंकले खरिद गर्न सुरु गरेको छ । चालु दायित्व समेत पूरा गर्ने असफल भएपछि फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशनको नियन्त्रणमा पुगेको उक्त बैंकको निक्षेप र ऋण प्रतिद्धन्दी फस्र्ट सिटिजन्स बैंकले खरिद गर्न थालेको हो । 

    फर्स्ट–सिटिजन्स बैंकशेयर कम्पनीले सो बैंकको सम्पति करिब ७२ अर्ब डलरमा खरिद गरेको छ । उक्त खरिदमा सो कम्पनीले १६.५ अर्ब डलरको छुटमा प्राप्त गरेको जनाइएको छ जुन एफडीईसीको निक्षेप बीमा कोषबाट व्यहोरिने छ । सिलिकन भ्यालीको वित्तीय असफलताको लागत यो सहित २० अर्ब डलर रहनसक्ने जनाइएको छ । 

    सिलिकन भ्याली बैंकका ग्राहकहरूलाई फर्स्ट सिटिजन्स बैंकबाट आफ्नो खाता पूर्ण रूपमा सारिएको सूचना प्राप्त नभएसम्म आफ्नो हालको शाखा प्रयोग गर्न जारी राख्न सल्लाह दिएको छ । 

     

     

     

     


    images

    Logo