काठमाडौं । एनएमबि बैंकले लगानीकर्ताको हात खाली बनाएको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
बैठकले आर्थिक वर्ष २०७९/८० वित्तीय विवरण अनुसार कायम रहेको वितरण योग्य मुनाफाबाट लाभांश वितरण नगरी संचित गर्ने र सोही बमोजिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको हो।
राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भए पछि बैंकले साधारणसभा आह्वान गरि वार्षिक साधारण सभामा वित्तीय विवरणहरु स्वीकृतिका लागि पेश गर्ने छ।