images
images

मितेरी डेभलपमेन्ट बैंकले बोलायो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?


  • 409
    SHARES
  • २०८० मंसिर २० गते बुधबार

    मितेरी डेभलपमेन्ट बैंकले बोलायो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले वार्षिक साधारणसभा बोलाएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । बैंकले पुस १४ गते, सुनसरी उद्योग वाणिज्य संघ, धरान १, सुनसरीमा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको छ । 

    सभाले हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज तथा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर २८ गतेदेखि पुस १४ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर २७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

     


    images

    Logo