images
images

छिमेक लघुवित्तले घोषणा गर्यो लाभांश 


  • 508
    SHARES
  • २०८० मंसिर २६ गते मंगलबार

    छिमेक लघुवित्तले घोषणा गर्यो लाभांश 

    काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश प्रस्ताव गरेको छ ।

    संस्थाको सञ्चालक समितिको सोमबार (मंसिर २५ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी २ अर्ब ८३ करोड ५४ लाख २ हजार रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने ४२ करोड ५३ लाख १० हजार ३०० रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसमा ५ प्रतिशतले हुन आउने १४ करोड १७ लाख ७० हजार १०० रुपैयाँबराबरको बोनस शेयर र १० प्रतिशतले हुन आउने २८ करोड ३५ लाख ४० हजार २०० रुपैयाँबराबरको नगद लाभांश (करसहित) रहेका छन् ।

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी वितरण गरिने संस्थाले जनाएको छ ।


    images

    Logo