images
images

लुम्बिनी विकास बैंकको लाभांश घोषणा


  • 463
    SHARES
  • २०८० मंसिर २६ गते मंगलबार

    लुम्बिनी विकास बैंकको लाभांश घोषणा

    काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको ८.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । सोमध्ये ४ प्रतिशत बोनस शेयर रहेको छ भने ४.५० प्रतिशत (कर सहित) नगद लाभांश रहेको छ ।

    मंसिर २६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।


    images

    Logo