images
images

प्रोग्रेसिभ फाइनान्सले बनायो लगानीकर्ताको हातखाली


  • 365
    SHARES
  • २०८० मंसिर २८ गते बिहीबार

    प्रोग्रेसिभ फाइनान्सले बनायो लगानीकर्ताको हातखाली

    काठमाडौं । प्रोग्रेसिभ फाइनान्सले लगानीकर्ताको हात खाली बनाएको छ ।  बुधबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । आर्थिक वर्ष २०७९/८० मा लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो । संस्थाले उक्त वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो ।

    बैठकले २०८० /३/३१ को वासलात, २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।

    राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।


    images

    Logo