images
images

दुई कम्पनीले बोलाए साधारणसभा, बुक क्लोज कहिले ?


  • 502
    SHARES
  • २०८० पौष ३ गते मंगलबार

    दुई कम्पनीले बोलाए साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । दुई कम्पनीले साधारणसभा बोलाएका छन् । हिमालयन लघुवित्त र बरुण हाइड्रोपावर कम्पनीले पुस २५ गते बस्नेगरि सभा बोलाएको हो । 

    हिमालयन लघुवित्तले कम्पनीले पुस २५ गते बुधबार बोगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजेदेखि सभा बोलाएको छ । 

    यस पटक कम्पनीले सभामा लाभांशसम्बन्धी कुनै प्रस्ताव उल्लेख गरेको छैन । यस कम्पनीको सभाले सर्वसाधारण शेयरधनीबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना संचालकको नियुक्ती गर्ने भएको छ ।

    सभामा गत आवको वार्षिक प्रतिवेदनसहित नाफा नोक्सान हिसाव तथा नगद प्रवाहमा छलफल तथा पारित गर्ने, लेखापरीक्षकको नियुक्ती तथा पारिश्रकिम तोक्ने लगायतका एजेण्डा प्रस्तुत गरिने भएको छ । सभा प्रयोजनार्थ कम्पनीले पुस १६ गते बुक क्लोज गर्ने जनाएको छ । यसको अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन् ।

    बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले पुस २५ गते बुधबार कुण्डलिनी दरबार ब्याङ्क्वेट, चण्डोल काठमाडौँमा बिहान ११ बजेदेखि २० औं वार्षिक साधारण बोलाएको छ ।  

    उक्त सभाले कम्पनी गाभ्ने, गाभिने वा प्राप्ती गर्ने, संस्थागत सुशासन सम्बन्धि प्रतिवेदन स्वीकृत गर्ने, सञ्चालक समितिबाट भए गरेका निर्णय, काम कारवाहीहरु अनुमोदन गर्ने र लेखापरीक्षक नियुक्त तथा पारिश्रमिक तोक्नेलगायतका प्रस्तावहरु पारित गर्नेछ ।

    सभा प्रयोजनार्थ कम्पनीले पुस १३ गते बुकक्लोज गर्ने भएको छ। जस अनुसार पुस १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी सो सभामा भाग लिन योग्य हुनेछन् ।


    images

    Logo