images
images

हिमालयन बैंकसहित तीन कम्पनीले बनायो लगानीकर्ताको हातखाली 


  • 712
    SHARES
  • २०८० पौष ४ गते बुधबार

    हिमालयन बैंकसहित तीन कम्पनीले बनायो लगानीकर्ताको हातखाली 

    काठमाडौं । हिमालयन बैंकसहित तीन कम्पनीले लगानीकर्ताको हातखाली बनाएका छन् । यसरी लगानीकर्ताको हातखाली बनाउनेमा हिमालयन बैंक, ज्योति विकास बैंक र सिवाईसी नेपाल लघुवित्त रहेका छन् । 

    तीनवटै कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेका हुन्। यसको अर्थात यस वर्ष तीनवटै कम्पनी शेयरधनीहरुको  हात खाली हुने भएको छ।

    तीनवटै कम्पनीको बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण राष्ट्र बैंक पठाउन निर्णय पनि गरेको छ।राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि तीनवटै कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ। 

     


    images

    Logo