images
images

घोराही सिमेन्टले गर्यो लाभांश घोषणा, साधारणसभा पनि आह्वान


  • 568
    SHARES
  • २०८० पौष ६ गते शुक्रबार

    घोराही सिमेन्टले गर्यो लाभांश घोषणा, साधारणसभा पनि आह्वान

    काठमाडौं । घोराही सिमेन्टले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ५ गते विहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक बर्ष २०७९/८० को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 
    जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । 

    कम्पनीले पुस २८ गते दाङ जिल्ला घोराही उप महानगरपालिका वडा नं.१५ भरतपुरमा अवस्थित होटल पौवामा बिहान ९ बजे बस्नेगरि सभा बोलाएको छ । सभाले हाल कामय चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने र सो बोनस शेयर वितरण गर्दा हुन आउने खंडित शेयरलाई पछि समायोजन गर्ने गरी यथावत राख्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

    त्यसैगरी, सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, कम्पनीका आधारभुत शेयरधनीहरु वा सञ्चचालक सबद्ध रहेको संस्थासँग कम्पनीले गरेको कारोबार विवरणलाई अनुमोदन गर्ने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालक नियुक्त गर्ने, लेखपारीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।


    images

    Logo