images
images

कालिका पावर कम्पनीले घोषणा गर्यो लाभांश, साधारणसभा पनि आह्वान


  • 1.3K
    SHARES
  • २०८० पौष ८ गते आइतबार

    कालिका पावर कम्पनीले घोषणा गर्यो लाभांश, साधारणसभा पनि आह्वान

    काठमाडौं । कालिका पावर कम्पनीले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ७९ करोड ३५ लाख रुपैयाँको कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसमा १० प्रतिशतले हुन आउने ७ करोड ९३ लाख ५० हजार रुपैयाँको बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशतले हुन आउने ४१ लाख ७६ हजार ३१६ रुपैयाँ नगद लाभांश रहेका छन् ।

    प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले पुस २८ गते वार्षिक साधारणसभा डाकेको छ । सभाले चितवनको भरतपुर–१० स्थित दियालो फुडल्यान्डमा बिहान ११ बजेबाट सुरु हुनेछ। सोही सभाले लाभांश पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् ।

    सभाले ग्लासियर हाइड्रो प्रालिअन्तर्गतको गोरखा जिल्लास्थित दरौँदी खोलामा प्रस्तावित माथिल्ला दरौदी बी साना जलविद्युत आयोजना (८.३ मे.वा.) र माथिल्लो दरौदी सी साना जलविद्युत आयोजना (९.८२ मे.वा.) मा लगानी गर्ने प्रस्ताव पारित गर्नेछ ।

    सभाले उक्त आर्थिक वर्षको वित्तीय विवरण र वार्षिक प्रतिवेदन पनि स्वीकृत गर्नेछ ।

    लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको मतलब पुस १८ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।


    images

    Logo