काठमाडौं । नेपाल टेलिकमले साधारणसभा बोलाएको छ । कम्पनीले पुस २९ गते, राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौंमा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको हो ।
कम्पनीको कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना लगानीकर्तालाई ४० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । त्सय प्रस्ताव साथै सर्वसाधारण समूहको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्ने कम्पनीको तयारी छ ।
कम्पनीले साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १९ गतेदेखि २९ गतेसम्म बुकक्लोज तय गरेको छ । जस अनुसार पुस १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीहरुले मात्र कम्पनीको बोलाएको साधारण सभामा भाग लिन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।