images
images

नेरुडे लघुवित्तले यस वर्ष लाभांश नबाँड्ने


  • 343
    SHARES
  • २०८० पौष ११ गते बुधबार

    नेरुडे लघुवित्तले यस वर्ष लाभांश नबाँड्ने

    काठमाडौं । नेरुडे लघुवित्तले यस वर्ष लाभांश नबाँड्ने भएको छ । सोमबार बसेको सञ्चालक समितिका बैठकले आर्थिक बर्ष २०७९/८०  मा लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो । 

    बैठकले २०८०/३/३१ को वासलात, २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।

    राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।


    images

    Logo