काठमाडौं । शिवम् सिमेन्टले बुक क्लोजको मिति तय गरेको छ । साधारणसभा तथा घोषित लाभांश वितरण प्रयोजनको लागि सो कम्पनीले पुस २० गते बुक क्लोजको मिति तय गरेको हो ।
जस अनुसार कम्पनीले पुस १९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस अनुसार पुस १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २७ गते शुक्रबार राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा बिहान ९ बजे बस्नेगरि सभा बोलाएको छ ।