काठमाडौं । दुई कम्पनीले साधारणसभा बोलाएका छन् । कुथेली बुखरीले पुस २७ गते र भूगोल इनर्जीले माघ ६ गते बस्नेगरि सभा बोलाएका हुन् ।
कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले १२औं वार्षिक साधारण सभा पुस २७ गते गर्ने भएको छ । सभा जर्मन होम्स हस्पिटालिटी प्रा.लि गठ्ठाघर, साझा पेट्रोल पम्प नजिकै बिहान ११ः३० बजे शुरु गर्ने जनाएको छ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै सभाले कम्पनीको नयाँ आयोजनाहरूको पहिचान गरी लगानी गर्ने ता अरु कम्पनीबाट समेत प्रवर्द्धन भई विकास निर्माण भइरहेका जलविद्युत् आयोजनामा लगानी गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १८ गते बुक क्लोज गरेको छ । यस बुक क्लोजको आधारमा पुस १७ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन् ।
भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले माघ ६ गते छैठौं वार्षिक साधारण सभा गर्ने भएको छ । पुस १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काजिको किचेन, पुरानो बानेश्वर, काठमाडौंमा विहान ९ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभाले सञ्चालकको निर्वाचन लगायत विविध प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २३ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस २२ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।


