काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेका छ । कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले ५.२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हालको चुक्ता पुँजी ३ अर्ब ७५ करोडको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।
कम्पनीले साधारणसभा र बोनस प्रयोजनका लागि बुक क्लोज मिती भने तय गरेको छैन । इन्स्योरेनले हालसालै प्रिमियम मूल्यमा आइपिओ निष्कासन गरेको थियो ।