काठमाडौं । सानिमा रिलायन्स लाइफ इस्योरेन्सले साधारणसभा बोलाएको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । कम्पनीले माघ ११ गते आम्रपाली ब्यांकेट, भाटभटेनी, नक्साल काठमाडौंमा विहान ११ बजे बस्नेगरि सभा बोलाएको छ ।
सभामा २०७८/७९ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल हुनेछ । त्यस्तै, सभाले सञ्चालक समितिमा संस्थापक समूहको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समूहको तर्फबटा प्रतिनिधित्व गर्ने २ जना सञ्चालक निर्वाचन गर्नेछ ।
कम्पनीले यस बर्ष लाभांश भने दिएको छैन। सभा प्रयोजनका लागि यसले पुस २६ गते एक दिन बुक क्लोज गर्ने भएको छ । यसर्थ, पुस २५ गतेसम्म कायम रहने सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।