images
images

सिटिजन लाइफ इस्योरेन्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?


  • 531
    SHARES
  • २०८० पौष २० गते शुक्रबार

    सिटिजन लाइफ इस्योरेन्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

    काठमाडौं । सिटिजन लाइफ इस्योरेन्सले साधारणसभा बोलाएको छ । विहीबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    इन्स्योरेन्सले माघ १४ गते, आइतबार, आम्रपाली ब्याङ्कवेट, भाटभटेनी, नक्साल, काठडमाडौँमा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको छ । 

    सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०।२६३२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

    त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले पुस २९ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

     


    images

    Logo