images
images

हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश नदिने, साधारणसभा पनि आह्वान


  • 426
    SHARES
  • २०८० पौष २० गते शुक्रबार

    हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश नदिने, साधारणसभा पनि आह्वान

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले यस बर्ष लाभांश नदिने भएको छ । विहीबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले सो निर्णय गरेको हो । 

    यसको अर्थात यस वर्ष हिमालयन लाइफ इन्स्योरेन्सका शेयरधनीहरुको पनि हात खाली हुने भएको छ । कम्पनीले माघ १८ गते  सिल्भर ओक बैक्वेट, गैरीधारा काठमाडौंमा विहान ११ बजे बस्नेगरि सभा बोलाएको छ ।  

    साविक प्राइम लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेड, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आर्थिक बर्ष २०७८÷७९ को लेखापरीक्षकको प्रतिवेदन, वासलात तथा नाफारनोक्सान हिसाब एवं नगद प्रवाह विवरण र तत्सम्वन्धी अनुसूचिहरु तथा नेपाल वित्तीय प्रतिवेदन बमोजिम तयार गरिएको वित्तीय विवरण माथि छलफल गरी पारित गर्ने ।

    संचालक समितिको निर्णय बमोजिम बाह्य लेखापरीक्षकको नियुक्ती गर्न कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृत प्राप्त चार्टर्ड एकाउन्टेण्ट एलएसपि एशोसिएट्सको नियुक्ति तथा पारिश्रमिक अनुमोदन गर्ने ।

    कम्पनीको संचालक समितिमा प्रतिनिधित्वको लागि संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ (तीन) जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ (तीन)जना संचालकहरुको निर्वाचन गर्ने । स्वतन्त्र संचालक नियुक्तिको अनुमोदन गर्ने ।

    त्यस्तै, नियमनकारी निकायहरुले प्रस्तावित बिषय उपर कुनै फेरबदल, संसोधन एवं परिमार्जनको लागि निर्देशन दिएमा सोही बमोजिम गर्न संचालक समितिलाई अख्तियारी दिने ।

    कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ ३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ २ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्ने छन् ।


    images

    Logo