images
images

नेको इन्सुरेन्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?


  • 653
    SHARES
  • २०८० पौष २० गते शुक्रबार

    नेको इन्सुरेन्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

    काठमाडौं । नेको  इन्सुरेन्सले साधारणसभा बोलाएको छ । विहीबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले सो निर्णय गरेको हो । 

    कम्पनीले माघ १२ गते लिसारा रिसेप्सन नक्साल, काठमाडौंमा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको छ । नेको इन्सुरेन्सले गत आर्थिकको नाफाबाट लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको छ । यसको अर्थात यस वर्ष नेको  इन्सुरेन्सका शेयरधनीहरुको पनि हात खाली हुने भएको छ । 

    सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । सभाले संस्थापक समूहबाट १ जना महिलासहित २ जना र सर्वसाधारण समूहबाट ३ जना गरी कुल ५ जना सञ्चालक निर्वाचन गर्नेछ । 

    कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस २९ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् । माघ १ गते माघेसंक्रान्तिको दिन सरकारले सार्वजनिक बिदा दिएकाले सेयर कारोबार हुँदैन । 


    images

    Logo