काठमाडौं । मेरो माइक्रोफाइनान्सले साधारणसभा बोलाएको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।कम्पनीले माघ २६ गते सिद्धार्थ होटल वाटर टावर, विदुर–४, बट्टार, नुवाकोटमा विहान साढे ११ बजे बस्नेगरि सभा बोलाएको छ ।
यसअघिनै कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने जनाइसकेको छ । कम्पनीको सञ्चालक समिति बैठकले लाभांश वितरण नगरी गत आर्थिक वर्षको नाफालाई सञ्चित गर्ने निर्णय गरेको हो ।
सभामा सेयर स्वामित्व परिवर्तन गर्ने एजेन्डा छ । हाल कम्पनीमा संस्थापक समूहकको ६९.४० प्रतिशत र सर्वसाधारण समूहको ३०.४० प्रतिशत कायम रहेको छ । यसलाई अब परिवर्तन गरेर संस्थापक समूहकको ५९.६० प्रतिशत र सर्वसाधारण समूहको ४०.४० प्रतिशत कायम बनाउने एजेण्डा छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।
आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभा प्रयोजनका लागि कम्पनीले माघ ५ गते बुक क्लोज गर्ने जनाएको छ । यसर्थ माघ ४ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।


